Highway Updates Aug.23 2PM

पहिरो र बाढीले कयौं राजमार्ग,सड़क र विमानस्थल क्षतिग्रस्त र डुबानमा परेका छन्. हालसम्मको विवरण :
१. विराटनगर विमानस्थल अझै डुबानमा रहेको छ. सबै पानी निष्कासन हुन ३-४ दिन लाग्ने
२. जनकपुर विमानस्थलको पार्किंग क्षेत्र पूरै डुबानमा
३. झापाको भद्रपुर विमानस्थल डुबानमा
४. चितवन- बुटवल सडकखण्डको नवलपरासीमा पर्ने दाउन्नेमा सडक भासिएर राजमार्ग बन्द रहेको छ
५. कोहलपुर-लमही सडकखण्डमा पर्ने गुंडली खोलाको पुल क्षतिग्रस्त रहेकोले राजमार्ग अवरुद्द
६. धनकुटाको निशान खोलाको बाढीले धरान – धनकुटा राजमार्ग बन्द
७. सडकहरु नै डुबानमा परेकाले पूर्व पश्चिम राजमार्ग ठाउँ ठाउँमा अवरुद्द
८. इटहरी- विराटनगर पनि ठाउँ ठाउँमा बाढीले अवरुद्द
९. घोराही – तुलसीपुर सड़क पनि ठाउँ ठाउँमा अवरुद्द

Published by Emblood under

This entry has 0 replies